image
image

आजबाट मलेसिया तथा खाडी मुलुकहरुमा भिजिट भिसामा जान नपाइने

काठमाडौँ, १०, माघ । सरकारले मलेसिया तथा खाडी राष्ट्रहरुमा भिजिट भिसामा जान रोक लगाएको छ । गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै माघ १० गतेदेखि अर्को आदेश नभएसम्मका लागि मलेसिया र खाडी मुलुकमा भिजिट भिसामा भ्रमणमा जान रोक लगाइएको जनाएको हो । 

तर, सरकारी कामको सिलसिलामा विदेश भ्रमण गर्ने सरकारी निकायका प्रतिनिधिहरु, अन्तराष्ट्रिय कारोबार गर्ने बैंक तथा वित्तिय संघ संस्थाका प्रतिनिधि एवं अन्तराष्ट्रिय गैरसरकारी संघ संस्थाका प्रतिनिधि भई भ्रमण गर्न जाने प्रतिनिधिहरु, नेपालमा सामान आयात/निर्यात गर्ने व्यावसायिक संस्थाका प्रतिनिधिहरु (आयात निर्यात सम्बन्धीकार्यका लागि मात्र) र व्यवसायिक कम्पनीरफर्मका सञ्चालक वा व्यवसायीहरुलाई भने अनुमति रहेको मन्त्रालयले जनाएको छ ।कोरोनाको ओमिक्रोन भेरिएन्टको संक्रमण स्वदेश तथा विदेशमा तीव्र रुपमा फैलिदै गइरहेको हुँदा विभिन्न उद्देश्यले खाडी राष्ट्रहरु र मलेशियामा गई बिचल्लीमा पर्ने गरेका गुनासो, समाचार र सूचनाहरु प्राप्त भएकोले माघ १० गतेदेखि लागु हुने गरी अर्को आदेश नभएसम्मको लागि त्यस्ता राष्ट्रहरुको भिजिट भिसामा भ्रमणमा जान रोक लगाइएको सूचनामा जनाइएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
100%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।