image
image

आइतबार नेप्सेमा करिब ११ अंकको गिरावट, कतिको कारोबार ?

साताको पहिलो कारोबार दिन )आइतबार) नेपाल स्टक एक्सेन्च (नेप्से) परिसूचक करिब ११ अंक घटेको छ। यस दिन नेप्से परिसूिचक १०.८३ अंक घटेर २९२०.५१ विन्दुमा झरेको हो। नेप्से ओरालो लागेपनि यस दिन सेन्सेटिभ इण्डेक्स ०.०६ अंक बढेको छ। 

आज १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। बढेकामध्ये यस दिन अन्य र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ भने निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको छ।कारोबारमा आएका २३२ कम्पनीको १ करोड ४७ लाख ४ हजार कित्ता शेयर ८७ हजार ४७८ पटकको कारोबारमा ७ अर्ब ३ करोड ८ लाख ८ हजार रुपैयाँ बराबरको  कारोबार भएको छ।

यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक २.७७ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन व्यापार, होटल तथा पर्यटन, विकास बैंक, जलविद्युत र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३२ करोड १४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन अपि पावरको १९ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने एनआईसी एशिया र शिखर इन्स्योरेन्सको १७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

नेप्से ओरालो लागेपनि यस दिन दुई कम्पनीको शेयर सकारात्मक सकिर्ट लेभमा कारोबार भएको छ। यस दिन विन नेपाल लघुवित्त र बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।