image

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

काठमाडौँ, ७, माघ । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ।हाल देशभर आंशिक देखि सामान्य बदली भई बाग्मती तथा प्रदेश नं १ का थोरै स्थानहरुमा हल्का वर्षा हिमपात भईरहेको छ ।

(शुक्रबार)

दिउँसो ः देशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्यतया बदली रही तराईका भूभागमा आंशिक बदली रहनेछ। देशको पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको संभावना छ।

राती ः देशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्यतया बदली रही तराईका भूभागमा सामान्यतया सफा देखी आंशिक बदली रहनेछ। देशका पहाडी भूभागका एक–दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको संभावना छ।

(शनिबार)

दिउँसो ः देशका पहाडी भू(भागहरुमा सामान्य देखी पूर्ण बदली  रही तराईका भू(भागमा आंशिक देखि सामान्यतया बदली रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको संभावना छ।सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका एक–दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ।

राती ः देशभर आंशिक देखि सामान्यतया बदली रहने छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको संभावना छ। छ।सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ।

(आईतबार)

दिउँसो ः देशभर आंशिक देखि सामान्यतया बदली रहने छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको संभावना छ।पहाडी तथा तराई भेगका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ।

राती ः देशभर आंशिक देखि सामान्यतया बदली रहने छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको संभावना छ। छ।सुदुरपश्चिम , कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरुमा हल्का देखी मध्यम वर्षाको संभावना रहेको छ भने बांकी पहाड तथा तराईका एक–दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श :
देशको थोरै स्थानहरुमा हल्का वर्षाको  साथै देशका उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानहरुमा हल्का हिमपातको संभावना छ। देशभर चिसो अझै बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन अनुरोध छ ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।