image
image

अब अस्ट्रेलियामा नेपाली विद्यार्थीले हप्तामा २० घन्टाभन्दा बढी काम गर्न पाउने

काठमाडौँ ५ माघ । नेपाली विद्यार्थीले अब अस्ट्रेलियामा हप्तामा २० घन्टाभन्दा बढी काम गर्न पाउने छन् । अस्ट्रेलियाको सरकारले नेपाली विद्यार्थीका लागि आगामी दिनमा हप्तामा २० घन्टाभन्दा बढी काम गर्न पाउने व्यस्था गरेको हो ।


पुस ३० गते गृहमन्त्री बालकृष्ण खाणले नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी जेन भोल्कसँगको शिष्टाचार भेटमा उक्त व्यवस्थका लागि अग्रह गरेका थिए । गृहमन्त्री खाणले आग्रह गरेको एक हप्तामै बुधबार अस्ट्रेलियाका प्रधानमन्त्रीको वक्तव्यमा पढाइका अलवा नेपाली विद्यार्थीले हप्तामा २० घण्टाभन्दा बढी काम गर्न पाउने कुरा समावेश भएको छ  ।


आगामी ८ हप्तासम्म अस्ट्रेलियाका लागि उडान भर्ने नेपाली विद्यार्थीहरुले भीसा आवेदन दिँदा लाग्ने शुल्क पनि फिर्ता पाउने छन्। राजदूत भोल्कमार्फत गरिएको आग्रह एकहप्तामै कार्यान्वयनमा आएकोमा गृहमन्त्री खाणले अस्ट्रेलियन सरकारलाई धन्यवाद दिएका छन्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।