image
image

छ वर्षपछि ९९ नेपाली कामदार इजरायल उड्दै

काठमाडौँ, ५, माघ । वैदेशिक रोजगार विभाग र इजरायलको जनसंख्या तथा अध्यागमन निकायले छनोट गरेका कामदार बुधवार इजरायल रोजगारीमा जाँदैछन् । गत असोज महिनामा इजरायलको रोजगारीमा जान अन्तिम छनोट परेका १ हजार १ सय ७५ परिक्षार्थीमध्ये हालसम्म लगभग आठ सय युवाको दोहोरो रोजगार सम्झौता भइसकेको विभागले जनाएको छ । दोहोरो रोजगार सम्झौता भएकामध्ये ९९ जना इजरायल उड्न लागेका हुन् ।   

रोजगारीका लागि इजरायल जान छनोट भएकामध्ये पहिलो चरणमा १ सय २५ जनाको उडान मिति तय भए पनि कोभिड रिपोर्ट पोजेटिभ आएका कारण २६ जना रोकिएको  वैदेशिक  रोजगार विभागका निर्देशक तथा इजरायल शाखाका संयोजक डम्बर सुनुवारले जानकारी दिए । 

दीर्घकालीन स्याहार केन्द्रका लागि सम्झौता गरेका नेपाली सहायक कामदारमध्ये नेपालस्थित इजरायल दूताबास, कन्सुलर विभागबाट १ सय ४३ जनाको नामावली विभागमा प्राप्त भएको छ । तर, कतिपयको राहदानी, कोभिड र अन्य केही समस्याका कारण ९९ जनामात्र इजरायल प्रस्थान गर्ने उनको भनाइ छ । 

नर्सिङ क्षेत्र (हस्पिटल, नर्सिङ होम, डे केयर सेन्टर) मा केयरगिभरमा नेपाली कामदार इजरायल जान सुरू गरेका हुन् ।  सरकारले रोजगारीका लागि इजरायल जाने युवालाई ६० हजार रुपैयाँमा उडान गर्ने गरी हवाइ सेवा प्रदायक संस्थासँग गत साता सम्झौता गरेको थियो । 

६ वर्षपछि नेपाली कामदार इजरायल जाँदै

इजरायल र नेपाल सरकारबीच २०७२ साल साउनमा केयर गिभरमा नेपाली श्रमिक आपूर्ति गर्ने विषयमा श्रम सम्झौता (एमओयु)  मा हस्तााक्षर भएको थियो ।  पारिश्रमिक र सुरक्षाको दृष्टिले निकै आकर्षक मानिएको इजरायलको रोजगारी सरकारीस्तरमा श्रम सम्झौता (जीटुजी) भएको एक वर्ष नपुग्दै बन्द भएको थियो । 

२०७२ सालमा इजरायलमा बालबालिका तथा वृद्धवृद्धाको रेखदेख र स्याहारसुसारका लागि दुई वर्षभित्र तीन सय केयरगिभर पठाउन नेपाल र इजरायल सरकारबीच सम्झौता भएको थियो । तर, यो अवधिमा कम्तीमा ७७ जना नेपाली केयर गिभर रोजगारीका लागि इजरायल पुगेको विभागको तंथ्याकमा उल्लेख छ । 


एसएलसी उत्तीर्ण गरी १५ महिने स्वास्थ्य सेवासम्बन्धी तालिम लिएका वा १२ कक्षा उत्तीर्ण भई तीन महिने कियर गिभरसम्बन्धी तालिम लिएका अंग्रेजी बोल्न सक्ने इजरायल रोजगारीमा जान योग्य हुने विभागले जानकारी दिएको छ । श्रम सम्झौता भएको एक वर्षपछि अथवा  २०७३ सालपछि इजरायलबाट कामदारको माग नै आउन छाडेको थियाे । यो समयमा छनोट भएका ४२ जना कामदार इजरायल नै जान पाएनन् । 

इजरायल सरकारले केयर गिभरका लागि ४ वर्ष १० महिनाको भिसा उपलब्ध गराउनुको साथै मासिक १ लाख ५० हजार रुपैयाँभन्दा बढी पारिश्रमिक उपलब्ध गराउने सहमतिसमेत गरेको थियो । इजरायल रोजगारीमा जान करिब १ लाख खर्च हुन्छ ।

छनोट भएका कामदार शंसकित 

विगतमा श्रम सम्झौता गरेजस्तै यो पटक पनि श्रम सम्झौता भएअनुसार छनोट भएका केही कामदार मात्र इजरायल जान पाउने हुन कि भन्ने शंका श्रमिकमै उत्पन्न भएको छ ।

सरकारले श्रम सम्झौताअनुसार प्रक्रिया पुर्‍याएर रोजगारीमा आफ्ना कामदार पठाउने हो । श्रम सम्झौता दुई देशबीच भएको सहमति हो । सोही सहमतिअनुसार कामदार पठाउन पहल गर्नुपर्ने वैदेशिक रोजगार विज्ञ डा.गणेश गुरुङ बताउँछन् ।

विगतमा समस्या भएर इजरायलको रोजगारी रोकिएको थियो । यो पटक विगतमा भएको समस्या समाधान हुने गरी सरकारले कामदार पठाउन पहल गर्नुपर्ने विज्ञ डा.गुरुङले बताए । श्रम सम्झौताप्रति दुवै देश जिम्मेवार भए रोजगारीले निरन्तरता पाउने उनको भनाइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।