image
image

जापानमा एकैदिन ३२ हजार भन्दा धेरै सङ्क्रमित

काठमाडौँ, ४, माघ । जापानमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको संख्या मंगलबार सबैभन्दा धेरै देखिएको छ । सरकारी अधिकारीहरूले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा जापानमा ३२ हजार १९७ जना नयाँ सङ्क्रमित भएका छन् ।

यसअघि अघिल्लो बर्षको अगस्टमा एकै दिनमा सबैभन्दा धेरै २५ हजार ९९२ जना सङ्क्रमित भएको सरकारी अधिकारीहरूले जनाएका छन् । मङ्गलबार सङ्क्रमित भएको पुष्टि भएका मध्ये टोकियोका मात्रै पाँच हजार १८५ जना रहेका छन् । “टोकियो महानगरभरीमा एकैदिनमा पाँच हजारभन्दा बढी सङ्क्रमित देखिएको पनि पहिलो पटक हो,” एक अधिकारीले भने ।

अघिल्लो मङ्लबार ९६२ जना मात्रै सङ्क्रमित भएकोमा एक हप्तामा पाँच गुणा बढेको अधिकारीहरूले जनाएका छन् । पछिल्लो एक हप्तामा महानगरमा मात्रै औसतमा तीन हजार ८५८.६ प्रतिशत सङ्क्रमित भएको देखिएको छ । नयाँ सङ्क्रमितमध्ये आधाभन्दा बढी कोरोनाभाइरस विरुद्धको दुवै खोप लगाएका व्यक्ति भएको पनि पाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।