पछिल्लो २४ घण्टामा १० हजार बढीमा कोरोना संक्रमण
काठमाडौँ, ४, माघ । नेपालमा पछिल्लो २४ घण्टामा १० हजार २५८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार पिसिआर परीक्षणबाट ८ हजार ७३० र एन्टिजेन परीक्षणबाट १५२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
देशभर ३९ हजार ४४ जना कोरोनाका सक्रिय संक्रमित छन्। पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १ जनाले ज्यान गुमाएका छन्। यस्तै ५६२ जना संक्रमणबाट मुक्त भएका छन्।पछिल्लो २४ घण्टामा २२ हजार ८२८ जनामा कोरोना परीक्षण गरिएको थियो।
यस्तै, काठमाडौं उपत्यकामा ५५४९ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा ४००४, ललितपुरमा ९७५ र भक्तपुरमा ५७० संक्रमित थपिएका छन्।









