image
image

सर्वोच्चका न्यायाधीशसहित ३१ जनालाई कोरोना, सेवा कटौती गर्ने निर्णय

काठमाडौँ, ४, माघ । सर्वोच्च अदालतका न्यायाधीश, मुख्य रजिस्ट्रारसहित ३१ कर्मचारीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । न्यायाधीशसहितका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सर्वोच्च अदालतबाट प्रदान गरिने सेवामा कटौती गरिएको छ ।

मंगलबार बसेको फुलकोर्टले कोरोना संक्रमणको जोखिम न्यूनीकरण गर्न अत्यावश्यक भएको भन्दै ६ प्रकारका मात्र सेवा दिने निर्णय गरेको हो । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै दुई हप्तासम्म निश्चित सेवामात्र प्रदान गर्ने निर्णय भएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।

 

बन्दीप्रत्यक्षीकरण तथा सार्वजनिक महत्त्वका मौलिक हकसँग सम्बन्धित रिट निवेदनको नियमित सुनुवाइ, मुद्दा फिर्ता, तामेली एवं मिलापत्रसम्बन्धी कामकारबाही, फौजदारी मुद्दाका थुनुवाका निवेदन तथा प्रतिवेदनउपर सुनुवाइ, हेर्दाहेर्दै र नि.सु. मा रहेका मुद्दाको सुनुवाइ, नेपाल सरकारका तर्फबाट दर्ता भएका प्रत्यर्थी झिकाउने आदेश नभएका पुनरावेदनको सुनुवाइ गर्ने निर्णय भएको सर्वोच्चका प्रवक्ता दाहालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।