image
image
पर्यटनमन्त्री आलेको सचिवालयका थप दुईमा कोरोना सङ्क्रमण

पर्यटनमन्त्री आलेको सचिवालयका थप दुईमा कोरोना सङ्क्रमण

काठमाडौँ, ४, माघ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निजी सचिवालयमा कार्यरत थप दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्री आलेका प्रेस संयोजक विमलबहादुर विष्ट तथा प्रशासन सहायक भक्तबहादुर आलेलाई कोरोना सङ्क्रमण पुष्टि भएको सचिवालयले जनाएको छ ।

सोमबार गरिएको कोरोना परीक्षणमा उनीहरू दुवै जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको सचिवालयले जनाएको छ । मन्त्री आलेसहित उनका स्वकीयसचिव हेमन्त रेग्मीलाई सोमबार नै कोरोना सङ्क्रमण पुष्टि भएको थियो । पोजेटिभ देखिएकाहरूको अवस्था सामान्य रहेको र मन्त्री आलेसहित सबै होमआइसोलेशनमा रहेका बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।