image
image

चितवन कोरोनाको उच्च जोखिममा

काठमाडौँ  १ माघ । चितवनमा कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिएको छ । पछिल्ला केही दिनयता सङ्क्रमण निरन्तर बढ्दै गएपछि सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सय नाघेको छ ।  सक्रिय सङ्क्रमित पाँच सय नाघेपछि जिल्लालाई उच्च जोखिम क्षेत्र (रेड जोन) मा राखिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गत पुस २६ गतेदेखि कोरोना सङ्क्रमण बढ्दै गएको हो । पुस २५ गते जिल्लामा ८२ सक्रिय सङ्क्रमित रहेकामा माघ २ गते परीक्षण गरिँदा १९० जनमा कोरोना सङ्क्रमण देखिएको छ । जिल्लामा अहिले सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या  ८२८ पुगेको छ । 

आइतबार जिल्लाका चार प्रयोगशालामा ४११ जनाको स्वाब परीक्षण गर्दा १५० जनामा र एन्टिजोन परीक्षण ९० जनाको गरिँदा ४० जनामा सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमित प्रतिशत ३७ पुगेको कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिए । पिसिआर परीक्षण र एन्टिजेन परीक्षणका क्रममा कोरोना सङ्क्रमण बढ्दै जान थालेको उनले बताए । गत पुस २६ गते जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ११९, २७ गते १६२, २८ गते २४० र २९ गते ३२७ रहेको थियो । अहिले जिल्लामा दैनिक कोभिड–१९ परीक्षण दर र सङ्क्रमण दर बढ्दै गएको छ । 

गत पुस ३० गते ३६० जनाको परीक्षण गर्दा ३७ दशमलब ५० प्रतिशतमा सङ्क्रमण देखिएको ढकालले जानकारी दिए । उक्त दिन ३६० जनाको परीक्षण गर्दा १३५ मा कोरोना सङ्क्रमण देखिएको थियो । शनिबार जिल्लाका दुई पिसिआर ल्याब (चितवन मेडिकल कलेज र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल)मा गरिएको परीक्षणमा २४ प्रतिशतमा कोरोना सङ्क्रमण देखिएको छ । तथ्याङ्कअनुसार २२५ को परीक्षणका क्रममा ५४ जनामा कोरोना देखिएको थियो । 

जिल्लामा रहेका सक्रिय सङ्क्रमितमध्ये २६ जना अस्पतालमा भर्ना भएका छन् भने ८०२ जना होम आइसोलेशनमा छन् । यहाँ हालसम्ममा २८ हजार ६८ जना सङ्क्रमित भइसकेका छन् भने २६ हजार ८०३ जना निको भइसकेका छन् । कोरोनाबाट ४३७ जनाको मृत्यु भइसकेको छ । जिल्लामा रहेका सक्रिय सङ्क्रमितमध्ये ६६६ जना भरतपुर महानगरपालिकाका छन् ।


यस्तै सङ्क्रमितमध्ये खैरहनी नगरपालिकाका २७, माडी नगरपालिकाका १५, रत्ननगर नगरपालिकाका ७२, राप्ती नगरपालिकाका १९ र कालिका नगरपालिकाका १६ छन् । सङ्क्रमित बढे पनि जिल्लामा सावधानी भने अपनाएको पाइँदैन । मास्कको प्रयोग बढेपनि भीडभाड कायमै छ ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।