आज ह्वातै बढ्यो कोरोना संक्रमित संख्या, यस्तो छ पछिल्लो विवरण
काठमाडौँ ३ माघ । आज नेपालमा कोरोना भाइरसका ६ हजार ७ सय ३४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख ५९ हजार ४ सय ८५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, आज ५ सय ४७ जना संक्रमणमुक्त भएका छन् ।
हालसम्म आठ लाख १६ हजार ९ सय ८५ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा १७ हजार ४ सय ६५ जनामा परिक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो ।
साथै कोरोना संक्रमणबाट आज थप ३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ६ सय २३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।