आज बढ्यो संक्रमित संख्या, यस्तो छ पछिल्लो विवरण
काठमाडौँ २ माघ । आज नेपालमा कोरोना भाइरसका ४ हजार ९ सय ६१ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख ५४ हजार १६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै, आज ४ सय ३५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म आठ लाख १६ हजार ४ सय ३८ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा १५ हजार १ सय ३१ जनामा परिक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो ।

साथै कोरोना संक्रमणबाट आज थप ३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ६ सय २० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।