image
सुजाता र बिपिनको जाल बुन्यो गीत सार्वजनिक

सुजाता र बिपिनको जाल बुन्यो गीत सार्वजनिक

काठमाडौँ, २, माघ। गायिका सुजाता केसीको नयाँ गीत सार्वजनिक गरिएको छ । ‘जाल बुन्यो’ गीतमा सुजातासँगै बिपिन घिमिरेको स्वर रहेको छ । गायक बिपिनको संगीत रहेको गीतमा शिब अधिकारीको शब्द रहेको छ ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गीतको भिडियो प्रिमियर गरियो । कार्यक्रममा गीतको निर्माण टिमसँगै कलाकारको उपस्थिती थियो । गीतको भिडियोमा टुईन्स गर्ल प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडासँगै टुईन्स ब्वाय अमर दाहाल र अमृत दाहालको नृत्य रहेको छ । मानकृष्ण महर्जनले खिचेको भिडियो बिकाश ज्ञवालीले सम्पादन गरेका हुन् भने भिडियोमा निर्देशन र कोरियोग्राफि रामजी लामिछानेको रहेको छ ।

कार्यक्रममा गायिका सुजाताले निकै मिहिनतका साथ गीतको अडियो र भिडियोमा काम गरेको र दर्शकले मन पराउनेमा विश्वास ब्यक्त गरिन् । गायक बिपिनले पनि युवापुस्तासँगै सबै बर्गका दर्शकलाई मन पर्ने खालको गीत बनाइएको भन्दै गीत सबैलाई मन पर्नेमा विश्वास राख्छन् ।

भिडियोका कलाकारले काम गर्दा टिम राम्रो भएकाले भिडियो पनि राम्रो बनेको प्रतिक्रिया दिए । निर्देशक रामजी लामिछाने र गायिका सुजाताको यो दोस्रो सहकार्य हो । यसअघि सुजाताको ‘राती राती फोन गर्ने’ बोलको गीतमा राजमीकै निर्देशन थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।