image
image

आजदेखि लगाइँदै कोरोनाविरूद्ध बुष्टर मात्रा खोप

काठमाडौँ, २, माघ । सरकारले आजदेखि कोरोनाविरूद्ध बुष्टर मात्रा खोप दिने भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले पत्राचार गर्दै आजदेखि खोप दिन भनेको छ।

सातवटै प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रहरू र ७७ वटै स्वास्थ्य कार्यालयलाई विभागले पत्राचार गर्दै बुष्टर मात्रा खोप लगाउन भनेको छ।

गत पुस २८ को मन्त्रीस्तरीय निर्णयबाट माघ २ आज देखि बुष्टर मात्रा खोप दिने गरी पत्राचार भएको छ।

अहिले भने अग्रपंतिमा खटिने व्यक्तिहरूले बुष्टर मात्रा खोप लगाउन पाउनेछन्।माघ दोस्रो सातादेखि भने ६० वर्ष र त्यसभन्दा माथिका व्यक्तिहरूलाई बुष्टर मात्रा खोप लगाइनेछ।उनीहरूलाई माघ १४ देखि खोप लगाइनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।