image
image

लेखापालले नै लुटेको पाइयो सहकारीको १८ लाख 

काठमाडौं १५ फागुन । काठमाडौंको कोटेश्वर–३२ सहयोगीनगरस्थित सौभाग्यशाली सहकारी लुटिएको थियो ।   माघ २५ मा साँझ ५ बजेतिर सहकारी लुटिएको कुरा त्यहाँका कर्मचारी र सञ्चालक समितिले चाहिँ भोलिपल्ट बिहान मात्रै थाहा पाएका थिए ।  सहकारीमा एकजना ऋणीले माघ २५ मा कार्यालय समय सकिन लाग्दा बुझाएको १० लाख र बजारबाट संकलन गरेको करिब ८ लाख रकम थियो । सहकारीको ढोका खोलेर १७ लाख ८५ हजार चोरी भएको थियो ।   

लुटमा सो सहकारीमा काम गर्ने लेखापाल सावित्री सुवेदी संलग्न रहेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । प्रारम्भिक अनुसन्धानबाट सुवेदीको हात रहेको देखिएपछि उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले बताए । चोरीमा संलग्न रहेको आशंकामा लेखापाल सावित्री सुवेदीलाई पक्राउ गरिएको छ।  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।