image
image

भारतमा एकैदिन थपिए २ लाख ४७ हजार कोरोना संक्रमित, ३८० जनाको मृत्यु

काठमाडौँ, २९, पुस । छिमेकी मुलुक भारतमा कोरोनाको तेस्रो लहर शुरु भएको छ । हरेक दिन कोरोनाको संक्रमण फेरी बढेपछि तेस्रो लहर शुरु भएको विज्ञहरुले बताएका छन् ।

भारतीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २ लाख ४७ हजार ४१७ जनामा ​​कोरोना संक्रमण पुष्टि भएको छ भने ३८० जनाको मृत्यु भएको छ । भारतमा दैनिक संक्रमित दर परिक्षण गरिएको संख्याको १३.११ प्रतिशत रहेको छ । एकैदिन ८४ हजार ८२५ जना कोरोना संक्रमणबाट निको भएको मन्त्रालयले जनाएको छ ।

कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनका केसहरू पनि बढिरहेका छन् । अहिलेसम्म भारतका २७ राज्यमा ओमिक्रोन भेरिएन्टका ५४८८ केसहरू रिपोर्ट गरिएको मन्त्रालयले जनाएको छ । भारतमा अहिलेसम्म ओमिक्रोनबाट एक जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा सक्रिय कोरोना संक्रमितको कुल संख्या ११ लाख नाघेको छ । अहिले भारतमा ११ लाख १७ हजार ५३१ कोरोनाका सक्रिय केस रहेका छन् । हालसम्म कोरोना संक्रमणबाट कूल ४ लाख ८५ हजार ३५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।