image
image

वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन स्थगित

काठमाडौँ २८ पुस । पौष ३० गतेका दिन घोषणा गरिएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २९ औं साधारणसभा तथा नेतृत्व चयनको निर्वाचन कार्यक्रम स्थगित भएको छ । संघले कोभिड १९ को कारण देखाउँदै निर्वाचन समिति नै भंग गरेर संघले साधारणसभा अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको हो ।

 सर्वसहमतिमा नेतृत्व चयन गर्ने टुंगोमा पुगेका बेला निर्वाचन प्रक्रिया शुरु भएपछि माओवादी निकटकाले अध्यक्ष, सचिव तथा सदस्यमा उम्मेदवारी   दिएपछि निर्वाचन रोकिएको संघका सचिव मेघनाथ भूर्तेलले जानकारी दिए ।

 तर,संघले कोभिडका कारण निर्वाचन गर्न नसकिने भन्दै जिल्ला प्रशासन कार्यालयमा जानकारीसहित निवेदन दर्ता गराइसकेको छ । ‘महामारीको यस्तो असहज अवस्थामा निर्वाचन गर्न सम्भव नहुने भएपछि अर्को सूचना नभएसम्मका लागि सधारणसभा स्थगित गरेका हौं,’ महासचिव श्रेष्ठ बताउँछन् ।   
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।