सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालको नेतृत्वमा हरि थापा निर्विरोध चयन
काठमाडौँ २८ पुस । सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जाल (एनएनएसएम) को नयाँ नेतृत्वमा हरि थापा निर्विरोध चयन भएका छन्। सञ्जालको सोमबार भक्तपुरको नालामा सम्पन्न १४ औं वार्षिक साधारण सभाले थापाको नेतृत्वमा सर्वसम्मत ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
नयाँ कार्यसमितिमा उपाध्यक्षको जिम्मेवारी नेपाल विकास अध्ययन संस्थानका चिरन्जीवी बरालले पाएका छन्। यस्तै महासचिवमा पीपुल फोरमका कृष्णप्रसाद न्यौपाने, कोषाध्यक्षमा एबीसी नेपालकी चाँदनी राना चयन भएकी छिन्।
यसैगरी सदस्यहरुमा महिला कानून तथा विकास मञ्चकी पविता अधिकारी, ओरेक नेपालकी सविता नेपाल, माइती नेपालकी उमा तामाङ, एनइइडीएस नेपालका प्रकाश मडै र एफएनबी नेपालका निर्मल उप्रेती चुनिएका छन्।