image
image
थारू र मगर बस्तीमा माघेसङ्क्रान्तिको तयारी

थारू र मगर बस्तीमा माघेसङ्क्रान्तिको तयारी

काठमाडौँ २८ पुस । माघेसङ्क्रान्ति नजिकिएसँगै महोत्तरीका थारू र मगर समुदायको बस्तीमा चहलपहल बढेको छ । प्राचीन मिथिला क्षेत्रको बोलीचालीमा यो पर्वलाई ‘तिलासक्रायत’ भनिन्छ । यसपालि यो पर्व शनिबार परेको छ ।


थारू बस्तीमा अहिले पर्वका लागि सबै माछाको सिद्रा, खसी, हाँस, कुखुरासहितको जोहोमा लागेका छन् । बाक्लो हुस्सुले डम्म ढाकेर चिसो निकै बढे पनि थारू बस्तीलाई पर्वको चहलपहलले तताएको छ । छोरीचेली, ज्वाँइचेला, भाञ्जाभाञ्जी र नजिकका इष्टमित्र पर्वमा डाक्ने थारू जातिको परम्परा छ । भङ्गाहा नगरपालिका–७ मेघरोलकी नगिना सिंह थारू पर्वका लागि आवश्यक बस्तु जुटाउने चटारो बढेको बताउछन् ।

बर्दिवास, औरही र गौशाला नगरपालिका क्षेत्रमा बसोबास गर्दै आएको मगर समुदाय पनि माघेसङ्क्रान्तिको तयारीमा जुटेको छ । मगर जातिमा पनि माघेसङ्क्रान्ति पर्वमा छोरीचेली, ज्वाइँचेला, भाञ्जाभाञ्जी र मितमितिनी र नजिकी इष्टमित्रलाई चाडमा निम्तो दिने चलन छ । बर्दिवास र गौशालामा मगर समुदायको बाक्लो बसोबास छ । बर्दिवासका केही बस्ती, गौशाला, भङ्गाहा र रामगोपालपुरमा थारूको बाहुल्यता छ ।

बजारमा तील, सख्खर (मिठ्ठा), चिउरा र मुरी किनबेच बढेको छ । तील, चिउरा, मुरी (विशेष प्रकारको चामलबाट बनाइने भुजा) र जुनेलो (अन्न विशेष) भुटेर सख्खरको खुँदोमा मिसाइ लाई (लड्डु) बनाइने परम्परा छ । गौशाला निगौल बस्तीकी रासवती थारूका अनुसार तील, चिउरा, जुनेलो र मुरीका लाई (लड्डु) बनाएर कूलदेवतालाई चढाइ खाने मैथिल परम्परा छ । बजारमा तील र सख्खरको मूल्य आकाशिएको छ । यसअघि प्रतिकिलो रु १५० देखि रु २०० सम्म पाइने तील अहिले रु ३५० सम्ममा र सख्खर प्रतिकिलो रु १०० सम्ममा बिक्री भइरहेको छ ।

उखु किसान पर्वलाई लक्षित गरी घरघरमा उखु पेलेर मिठ्ठा (सख्खर) बनाउन व्यस्त छन् । उखुु किसान तिलासक्रायत पर्वमा मिठ्ठा (सख्खर)को माग र भाउ दुवै बढ्दा केही राहत भएको बताउँछन् । पर्वमा तील, चिउरा र मुरीलाई सख्खरमा मुछेर बनाइएको लड्डु विवाहिता छोरी÷चेली, मित एवं अन्य आफन्तको घरमा ‘सनेस’ (कोसेली) पठाउने चलन छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।