image
image

काठमाडौं उपत्यकामा ह्वातै बढ्यो कोरोना संंक्रमण, कति भेटिए आज ?

काठमाडौँ, २७, पुस । काठमाडौं उपत्यकामा १२८६ संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९८०, भक्तपुरमा ८५ र ललितपुरमा २२१ संक्रमित थपिएका छन्।

यसैगरी काठमाडौं उपत्यकामा ५३१० सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ३५२१, भक्तपुरमा ६९९ र ललितपुरमा १०९० सक्रिय संक्रमित छन्।

नेपालमा धेरै समयपछि एकैदिन २ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार  पिसिआर परीक्षणबाट १९८१ र एन्टिजेन परीक्षणबाट ४६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा १५ हजार ३३ जनामा कोरोना परीक्षण गरिएको थियो।मंगलबार देशभर ९ हजार ५ सय  २२ जना कोरोनाका संक्रिय संक्रमित छन्। 

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट एक जनाले ज्यान गुमाएका छन्। यस्तै ३१३ जना संक्रमणबाट मुक्त भएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।