image
image

अष्ट्रेलियामा एक सातामै थपिए ६ लाख कोरोना संक्रमित

काठमाडौँ, २७, पुस। अष्ट्रेलियामा कोभिड–१९ का संक्रमितको कुल संख्या ११ लाख नाघेको छ । कुल संक्रमितमध्ये गत साता थपिएका संक्रमितको संख्या ६ लाखभन्दा बढी रहेको छ ।

मंगलबारसम्म अष्ट्रेलियामा कुल ११ लाख २६ हजार जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । त्यहाँ मंगलबार थप ८६ हजार नयाँ संक्रमित थपिएका छन् ।

सोमबार ६७ हजारभन्दा केही बढी संक्रमित थपिएका थिए भने आइतबार थपिएका दैनिक संक्रमितको संख्या एक लाख नजिक थियो । तर केही राज्यले घरमै एन्टिजेन परीक्षणपछि कोरोना पोजिटिभ देखिएकाको संख्या समावेश नगरेका कारण सोमबार थपिएका संक्रमितको संख्या बढी हुन सक्ने अधिकारीहरूको भनाइ छ ।

यसअघि अष्ट्रेलियामा कडा लकडाउन र सीमामा कडाइ गरिएका कारण कोभिड महामारी सफलतापूर्वक नियन्त्रणमा आएको थियो । त्यहाँ लगभग सबै वयस्कलाई कोभिड खोप लगाइसकिएको छ । १६ वर्षमाथिका झण्डै ९२ प्रतिशत मानिसले दोस्रो डोज लगाइसकेका छन् भने सोमबारदेखि ५ देखि ११ वर्षका बालबालिकालाई फाइजरको पहिलो डोज लगाउन थालिएको छ ।

पछिल्लो समय अष्ट्रेलिया सरकारले आफ्नो अन्तर्राष्ट्रिय सिमाना खुकुलो पार्न थालेको छ । हिडडुल र अन्तर्राष्ट्रिय सिमाना खुकुलो पार्न थालिएलगत्तै कोभिड(१९ का संक्रमित ह्वात्तै बढेका हुन् । त्यहाँ नयाँ ओमिक्रोन भेरियन्ट समेत फैलिइरहेको छ । ओमिक्रोनका संक्रमित बढ्न थालेपछि अस्पतालमा भीडभाड हुन थालेको छ ।

बढ्दो संक्रमणका कारण अस्पताल भर्ना हुनेको संख्यासमेत बढ्न थालेको छ । हाल त्यहाँ ३ हजार ५०० भन्दा बढी संक्रमित अस्पतालमा छन् । जुन संख्या एक हप्ताअघि झण्डै २ हजार थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।