image
image

सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपण

काठमाडौँ २७ पुस।विश्वमै पहिलोपटक सुँगुरको मुटु मानिसमा प्रत्यारोपण गरिएको छ। अमेरिकाको बाल्टिमोरमा ५७ वर्षीय डेबिड बेनेटमा सुँगुरको मुटु प्रत्यारोपण (ट्रान्सप्लान्ट) गरिएको हो। चिकित्सकहरुले ७ घन्टाको प्रायोगिक प्रक्रियामार्फत आनुवंशिक रुपमा संशोधित सुँगुरको मुटु डेबिडको शरीरमा प्रत्यारोपण गरेका थिए। हाल डेबिडको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको चिकित्सकहरुले बताएका छन्। 

यो ट्रान्सप्लान्ट डेबिडको जिन्दगी बचाउने अन्तिम आशा थियो। यद्यपि अहिलेसम्म यो यकिन भइसकेको छैन कि उनीको आयु कति लम्बिन सक्छ। 
सर्जरी गर्नुअघि डेबिडले भनेका थिए, ‘मलाई थाहा छ कि यो ट्रान्सप्लान्ट अँध्यारोमा तीर चलाउनुजस्तै हो, तर यो नै मेरा लागि अन्तिम उपाय थियो।’

चिकित्सकहरुका अनुसार यदि यो ट्रान्सप्लान्ट नगरिएको भए डेबिडको जीवित रहने सम्भावना निकै कम थियो। सोही कारण युनिभर्सिटी अफ मेरील्यान्ड मेडिकल सेन्टरका चिकित्सकलाई अमेरिकाको स्वास्थ्य विनियामकले यो ट्रान्सप्लान्टका लागि मन्जुरी दिएको थियो।

यो ट्रान्सप्लान्ट गर्ने मेडिकल टिमले थुप्रै वर्ष लगाएर गरिएको शोधका आधारमा यस सर्जरीलाई सफल पारेका छन्। यदि यो ट्रान्सप्लान्ट प्रभावकारी सिद्ध भएमा विश्वमै थुप्रै मानिसको जिन्दगी बचाउन सकिने चिकित्सकहरु बताउँछन्। यसका साथै मानव अंगको कमीको संकटलाई टार्न सकिने बताइएको छ। 

यसअघि २०२१ अक्टोबरमा न्युयोर्कमा सुँगुरको मिर्गौला मानिसमा सफल प्रत्यारोपण गरिएको थियो। यद्यपि मिर्गौला प्रत्न्यारोपण गरिएका व्यक्तिको पहिले नै ब्रेन डेड भइसकेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
100%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।