विमानस्थलमा कडाइ,स्वागत र बिदाइमा आफन्त नल्याउन आग्रह
काठमाडौँ २७ पुस । पछिल्लो केहि दिन देखि नेपालमा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ गर्न सुरु गरिएको छ । कोरोनाभाइरसको जोखिम न्यूनीकरण गर्नका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न नियम लागू गरेको छ । साथै विमानस्थलमा अनावश्यक भिडभाड नगर्न र स्वास्थ्य सतर्कता अपनाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले आग्रह गरेको छ ।
त्यस्तै प्राधिकरणले आफन्तजनहरूलाई विमानस्थलमा नआउन पनि कार्यालयको अनुरोध छ ।साथै आन्तरिक उडानतर्फ पनि एयरलाइन्सहरूले यात्रुहरूलाई अर्कोपटक देखि खोप लगाएको प्रमाणपत्र अनिवार्यरुपमा बोक्न आग्रह गरेको छ ।