image
image

एक सातामै बैंकहरुको निक्षेप ५९ अर्बले बढ्यो

काठमाडौँ २६ पुस । पछिल्लो एक सातामा बैंकिङ प्रणालीमा ५९ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्लो एक साता (पुस १७ गतेदेखि पुस २३ गतेसम्म) बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ५९ अर्ब रुपैयाँले बढेको छ। गत पुस १६ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४८ खर्ब १८ अर्ब रुपैयाँ रहेकोमा बढेर पुस २३ गतेसम्म ४८ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ। 

वाणिज्य बैंकहरुको निक्षेप पनि यो अवधिमा ५९ अर्ब रुपैयाँले नै बढेको छ। गत पुस १६ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४२ खर्ब ४९ अर्ब रुपैयाँ रहेकोमा बढेर पुस २३ गतेसम्म ४३ खर्ब ८ अर्ब रुपैयाँ पुगेको छ। 

यो अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी भने ८ अर्ब रुपैयाँले मात्र बढेको छ। योसँगै पुस २३ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ४६ खर्ब २५ अर्ब रुपैयाँ पुगेको छ। गत पुस १६ गतेसम्म कुल कर्जा लगानी ४६ खर्ब १७ अर्ब रुपैयाँ रहेको थियो। 

वाणिज्य बैंकहरुको पनि यो सातामा कर्जा लगानी ८ अर्ब रुपैयाँले मात्रै बढेको छ। गत पुस १६ गतेसम्म कुल कर्जा लगानी ४० खर्ब ९९ अर्ब रुपैयाँ रहेकोमा पुस २३ गतेसम्म बढेर ४१ खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ। 

निक्षेपमा सुधार आएसँगै बैंकहरुको औसत सीडी रेसियोमा ९० प्रतिशत मुनि झरेको छ। गत पुस १६ गतेसम्म औसत सीडी रेसियो ९०.७६ प्रतिशत रहेकोमा पुस २३ गतेसम्म घटेर ८९.२९ प्रतिशतमा झरेको छ। अन्तरबैंक ब्याजदर ४.९७ प्रतिशतबाट घटेर ३।२४ प्रतिशतमा ओर्लेको छ। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।