image
image

भारतमा एकै दिन थपिए एक लाख ७९ हजार कोरोना संक्रमित

काठमाडौँ, २६, पुस । भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप एक लाख ७९ हजार ७२३ संक्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ। यसैसँगै भारतमा कोरोना सुरु भएदेखि हालसम्म तीन करोड ५५ लाख २८ हजारभन्दा बढी संक्रमित भएका छन्।

हाल चार हजार ३३ जना ओमिक्रोनका संक्रमित रहेको मन्त्रालयले सोमबार जानकारी दिएको छ। भारतमा अहिले संक्रमित अवस्थामै रहेकाको संख्या सात लाख २३ हजार ६१९ रहेका छन्।

गत २४ घण्टामा भारतमा ४६ हजार ५६९ कोरोनाबाट मुक्त भएका छन्। यसैसँगै कोरोना सुरु भएयता हालसम्म तीन करोड ४५ लाख १७२ जना संक्रमणमुक्त भएका छन्। यहाँ कोरोना भाइरस निको हुने दर ९६ दशमलब ६२ प्रतिशत रहेको जनाइएको छ।

उक्त अवधिमा थप १४६ को कोरोनाबाट मृत्यु भएको छ। यसैसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउने व्यक्तिको संख्या चार लाख ८३ हजार ९३६ जना पुगेको मन्त्रालयले थप जानकारी दिएको छ।

कोरोना सुरु भएदेखि हालसम्म ६९ करोड १५ लाखभन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ। यहाँ सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो। सो समयदेखि हालसम्म एक अर्ब ५१ करोड ९४ लाख ५ हजारभन्दा बढी डोज खोप लगाइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।