image
image

साइप्रसमा भेटियो कोभिडको नयाँ भेरियन्ट डेल्टाक्रोन

काठमाडौँ, २६, पुस । साइप्रसमा कोभिडको नयाँ भेरियन्ट फेला परेको छ । डेल्टा र ओमिक्रोन मिश्रित सो भेरियन्टलाई वैज्ञानिकहरुले डेल्टाक्रोन नाम दिएका छन् । डेल्टाक्रोनबाट २५ जना संक्रमित भएका छन् । उनीहरुमध्ये ११ जनाको अस्पतालमा उपचार भइरहेको छ । 

युनिभर्सिटी अफ साइप्रसका प्राध्यपाक तथा लेब्रोटरी अफ बायोटेक्नोलोजी एन्ड मोलिकुलर भाइरोलोजीका प्राध्यापक लियोडियोसले भने, ‘अहिले साइप्रसमा ओमिक्रोन र डेल्टाको मिश्रित संक्रमण देखिएको छ । 

कोभिड संक्रमणका कारण अस्पताल भर्ना भएका विरामीमा नयाँ संक्रमण दर बढ्दो छ । यही ७ जनवरीमा डेल्टाक्रोनका २५ सिक्वेन्स जीआइएसएआईडीमा पठाइएको थियो । जीआइएसएआईडी अन्तर्राष्ट्रिय डाटावेस हो, जसले भाइरसको परिवर्तन पत्ता लगाउछ ।

नयाँ भाइरसबारे विज्ञहरुले थप अनुसन्धान गरिरहेका छन् । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।