यूएईमा विदेशी कामदारले आंशिक समय काम गर्ने पाउने
काठमाडौँ २५ पुस ।यूएईले आगामी फेब्रुअरी २ देखि लागू हुनेगरी जारी गरेको नयाँ श्रम कानुनअनुसार श्रमिकले ओभर टाइम काम गर्न पाउने भएका छन् ।यूएईको मानव संशाधन मन्त्रालयका अनुसार श्रमिकले आफ्नो रोजगारदातासँग अनुमति नलिई पनि अर्को रोजगारदातासँग आंशिक समय काम गर्न पाउनेछन् । तर, त्यसका लागि मानव संशाधन मन्त्रालयको अनुमति भने लिइएको हुनुपर्नेछ ।
मानव संशाधन मन्त्रालयले बुधबार ट्वीटरमार्फत जानकारी सम्प्रेषण गर्दै निजीक्षेत्रमा काम गर्ने श्रमिकले आंशिक समय, अल्पकालीन तथा फ्लेक्जिबल काम गर्न पाउनेछन् । अतिरिक्त आंशिक काम गर्ने व्यक्तिले निश्चित तीन सातामा १ सय ४४ घण्टासम्म काम गर्न पाउनेछन् ।