image
image

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व अब भरतपुर महानगरपालिकाले लिने 

काठमाडौँ २५ पुस । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व अब भरतपुर महानगरपालिकाले लिने भएको छ  । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले धुर्मुस-सुन्तली फाउण्डेशनले दिएको आर्थिक र प्राविधिक प्रतिवेदनको सरकारी पक्षबाट मूल्यांकन गरिसकेपछि रंगशालाको स्वामित्व भरतपुर महानगरपालिकाले लिने बताएकी हुन्।


‘हामीले प्रक्रिया अघि बढाइसकेका छौँ। हाम्रो सम्झौताअनुसार महानगरपालिकाले जग्गा उपलब्ध गराउने हो। स्रोत जुटाएर निर्माण सम्पन्न गर्ने दायित्व धुर्मस सुन्तली फाउण्डेशनको हो,’ उनले भनिन्, ‘तर पनि महानगरले स्रोत जुटाउन आर्थिक सहयोगमा पनि जुटायो। राम्रो सहयोग जुटेको हो। आन्तरिक आयबाट पनि बजेट विनियोजन गरेर हस्तान्तरण गरेको हो। लगभग १० करोड बजेट महानगरको आन्तरिक बजेटबाट उपलब्ध गराएको हो। महायज्ञ धनधान्याञ्चल आयोजना गरेर पनि सहयोग गरेका हौँ। १८-२० करोडको बजेट फाउण्डेशनलाई उपलब्ध गराएको हो। उहाँहरुले १७ करोड ऋण लागिसक्यो गर्न सक्ने स्थिती भएन भनेपछि ऋण लगाएर गर्ने कुरा भएन।’



धुर्मुस सुन्तलीले स्रोत जुटाउन नसकेको भन्दै महानगरपालिकालाई स्वामित्व ग्रहण गर्न पत्र दिएको उनले बताइन्।सरकार जिम्मेवारीबाट पन्छिन नमिल्ने भन्दै रंगशाला बनाउँदा लागेको ऋण र बहुवर्षीय योजनाअनुसार काम अघि बढाउन संघीय सरकारलाई आग्रह गर्ने समेत बताइन्। ‘सरकारले जिम्मेवारीबाट पन्छिन मिल्दैन। स्वामित्व लिन्छ। सबै सरकारको आपसी र समझदारीबाट यो योजनालाई अघि बढाउँछौँ’ उनले भनिन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।