image
उखु खेतीमा आधुनिक प्रविधिको प्रयोग गरी मनग्ये आम्दानी

उखु खेतीमा आधुनिक प्रविधिको प्रयोग गरी मनग्ये आम्दानी

काठमाडौँ, २५, पुस । उखु खेतीमा आधुनिक प्रविधि प्रयो गरी बेलौरी नगरपालिकाको हात्तीबोझाका किसान असारेराम वडायकले मनग्ये आम्दानी गर्दै आएका छन् । विगत पाँत वर्षदेखि निरन्तर उखुको उत्पादनमा लागेका उनले वार्षिक रु २४ लाख आम्दानी गर्दै आएका हुन् प्रविधिको प्रयोगमा जोड दिइएपछि प्रतिवर्ष रु दुई लाखदेखि रु तीन लाखका दरले आम्दानी बढ्दै गएको छ । 

छ विघा जग्गामा प्रतिबिघा दुई हजार क्वीन्टलका दरले उखु उत्पादन गर्दै आएका उनी भारतकोे महाराष्ट्रका उखु उत्पादक किसानले सामाकि सञ्जाल फेसवुकमा बनाएको सहूहमा समेत जेडिएका छन् । उखु उत्पादनका लागि भारतीय किसानले जुन विधि अपनाउछन् त्यही विधि यहाँ लागु गर्दै आएको वडायकले बताए । 


उनले भने, परम्परागन तरिकाले उखु रोप्दा ८० क्वीन्टल बढी बीए लाग्ने ठाउमा बेर्ना प्रविधि अपनाउदा १० कुण्टल बीउ मात्रै लाग्ने गरेको छ । वडायकले उखु रोप्नका लागि ट्रयाक्टरमार्फत टे«न्च बनाई घरमै तयार गरिएको उखुको बेर्ना उपकरणको सहायताले रोप्नाका साथै गोडमेल, पात काटने, सिँचाई गर्ने, मल राख्ने बिषादी छर्कने कार्यासमेत गर्दै आएका छन् ।

भारतबाट ल्याइएका बढी उत्पादन दिने विभिन्न जातका उखुको बीउको प्रयोग गर्दै आएका उनले पुराना उखुका जानको तुलनामा भारतीय वैज्ञानिकले तयार गरेका उखुका जात बढी अग्लो हुने र तौल समेत बढी हुनाका साथै आम्दानीसमेत त्यही अनुसारको हुने गरेको बताए । 

यस वर्ष उखुको उत्पादन राम्रो रहेकाले उत्पादन गत वर्षको तुलनामा दोव्वरले बढी हुन्छ । आम्दानीसमेत त्यही अनुरुप हुन्छ, वडायकले भने, उखु उत्पादनमा लागेका किसानलाई सरकारले अनुदान र विश्वमा भैरहेको उखु खेती सम्बन्धी नयाँ तरिकाहरु सिकाउन जरुरी छ । नयाँ प्रविधि किसानलाई सिकाएर उत्पादन बढाउन सकेमात्रै उखुमा आत्मनिर्भर बन्न सक्छौँ ।

किसानले आधा उखु मिलमा बेचेपछि मात्रै मूल्य निर्धारण गर्नाले किसानलाई नभएर चिनी मिललाई फाइदा पुग्ने उहाँको भनाइ थियो । वडायक जिल्लकै एक सफल उखु किसानका रुपमा परिचित छन् । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।