image
image

कतारमा बढ्यो कोरोना, स्वास्थ्य मापदण्ड दूतावासको आग्रह  

काठमाडौँ, २५, पुस । नेपालीहरुको वैदेशिक रोजगारको मुख्य गन्तव्य कतारमा कोरोना भाइरसका संक्रमित बढेसँगै यहाँको स्वास्थ्य मन्त्रालयले स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्नरगराउन सुरू गरेको छ ।

पछिल्लो समय कतारमा दैनिक ३–४ हजारको संख्यामा कोरोनाका नयाँ संक्रमित फेला परेपछि शनिबारदेखि शनिबार पुनः प्रतिबन्धलगायतका कार्य कतार सरकारले सुरू गरेको छ।

जनस्वास्थ्य मन्त्रालय कतारका अनुसार पछिल्लो २४ घन्टामा ३ हजार ४ सय ८७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । जसमध्ये २ हजार ७ सय ९४ स्थानीय र बाहिरी मुलुकबाट आएका ६९३ यात्रु छन् । हालसम्म कतारमा सक्रिय संक्रमितको  संख्या १८ हजार ७ सय ९१ रहेको छ ।  

कतारस्थित नेपाली दूतावासलेसमेत कतार सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्न कतारमा रहेका नेपालीसहित सबै आप्रवासीलाई अनुरोध गरेको छ । 

शनिबारदेखि बाहिर निस्कदा अनिवार्य मास्कको प्रयोग, एहतराज एप, कम्तीमा १ मिटरको दुरी कायम र निजी सवारीसाधनमा ४ जना भन्दा बढी बस्न नपाउने गरी सरकारले गरेको निर्णय पूर्ण पालना गर्न निर्देशन दिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।