ट्याक्सी सञ्चालनमा नयाँ नियम, यात्रुलाई भिजिटिङ कार्ड दिनुपर्ने
काठमाडौँ २४ पुस । बागमती प्रदेश सरकारले ट्याक्सी सञ्चालनमा नयाँ नियम ल्याएको छ। माघ १ गतेबाट लागू हुने गरी भौतिक पूर्वाधार विकास मन्त्रालय बागमती प्रदेशले ट्याक्सी सञ्चालनमा चालकले चारवटा काम गर्नुपर्ने व्यवस्था गरेको छ।
ट्याक्सी चालकले यात्रुको सुरक्षा तथा यात्रुले ट्याक्सीमा सामान छोडेको अवस्थामा सहजै सम्पर्कका लागिसमेत नयाँ नियम जारी गरेको छ। नयाँ नियम जारी भएसँगै अब ट्याक्सी चालकले यात्रुलाई ट्याक्सीमा चढ्नेबित्तिकै नेपाली र अंग्रेजी भाषा लेखिएको भिजिटिङ कार्ड दिनु पर्ने छ।
भिजिटिङ कार्डमा ट्याक्सीको नम्बर, चालकको नाम र सम्पर्क नम्बरसहितको विवरण भएको अंग्रेजी र नेपाली भाषामा लेखिएको भिजिटिङ कार्ड दिनु पर्ने छ।
यसैगरी ट्याक्सीले पूर्णरुपमा मिटर प्रयोग गर्नुपर्ने र मिटरमै हिँड्नु पर्ने व्यवस्था बागमती प्रदेश सरकारले जारी गरेको छ। यसैगरी ट्याक्सीमा छुटेको सामान सुरक्षित तवरमा प्रहरीलाई बुझाउनु पर्ने र नियमित रुपमा ट्याक्सी सफा गरी लैंगिक रुपमा विवेद नगरी सेवा दिनु पर्ने नयाँ व्यवस्था जारी गरिएको हो।