image
image

हिमपातले रुकुममा विकासे योजनाको काम ठप्प

काठमाडौँ २४ पुस ।रुकुम (पूर्व) को सिस्ने गाउँपालिका–१ मा पाखा ओराली लघु जलविद्युत् आयोजनाको काम रोकिएको छ । हिमपातका कारण उक्त लघु जलविद्युत् आयोजनाको काम रोकिएको हो । यही माघसम्म काम सम्पन्न गरिसक्नुपर्ने उक्त विद्युत् आयोजनाको काम हिमपातका कारण धकेलिने भएको छ । 

गएको साता बाक्लो हिउँ परेपछि काम गर्न सिस्ने–१ मा गएका प्राविधिक कर्मचारी र कामदार सबै फिर्ता भएका छन् । हिउँ नपग्लिँदासम्म काम पुनः सुरु गर्न नसकिने वडाध्यक्ष मानबहादुर बुढाले बताए । सम्झौता भएको दुई वर्षभित्र अर्थात् गएको आर्थिक वर्षभित्रैमा सम्पन्न गरिसक्नुपर्ने उक्त विद्युत् आयोजनाको काममा कोभिडका कारण सामान ढुवानी गर्न नसक्दा धक्का पुगेको थियो । आगामी माघसम्मको म्याद थप गरेर काम अघि बढाए पनि अहिले हिमपातका कारण सबै कामकाज पूर्णरूपमा ठप्प भएको वडाध्यक्ष बुढाले बताए ।

विद्युत् आयोजनाका लागि भनेर पाखाओरालीमा पुर्याइएको १२ क्विन्टल सिमेन्ट पनि नष्ट भएको वडाध्यक्ष बुढाले बताए । उनका अनुसार हिउँले पर्खालमा पनि क्षति पुगेको छ । देउ खोलाबाट प्रति खेप दुई दिन लगाएर खच्चडमार्फत ढुवानी गरिएको सिमेन्ट नष्ट हुँदा समस्या भएको छ । श्रमदानसहित रु तीन करोड ७७ लाखको लागतमा निर्माण हुन लागेको विद्युत् आयोजनाको अहिलेसम्म ६० प्रतिशत काम सम्पन्न भएको छ ।

यस्तै सिस्ने–१ मा टावर निर्माणसँगै वडाबाट सम्झौता भई सञ्चालन भएका सबै विकासे कामकाज ठप्प अवस्थामा रहेको वडा कार्यालयले जनाएको छ । पुथाउत्तरगङ्गा गाउँपलिका–१,२,३ र ५ मा पनि सञ्चालन भइरहेका विभिन्न विकासे योजनाको कामकाज ठप्प भएको छ । 

त्यस क्षेत्रमा भवन निर्माण, गोरेटो बाटो निर्माण, पर्यटन सिग्नल बोर्ड लगाउने, तारबार, धारो, कुवा, म्युजियम निर्माणको काम सबै रोकिएको वडा नं १ का कार्यवाहक अध्यक्ष मग कामीले बताए । गएको सातामा जिल्लाको हिमाली तथा उच्च लेकाली क्षेत्रमा भएको हिमपातले मानिसको दैनिकी कष्टकर त बनेको छ नै, विकासे योजनाको काम रोकिँदा कामकाज पनि पछि धकेलिएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।