image
image

यूएईमा अब हप्ताको साढे दुई दिन सार्वजनिक बिदा दिने 

कामठाडौँ २३ पुस ।यूएईमा अब हप्ताको साढे दुई दिन सार्वजनिक बिदा दिने काठमाडौँ २३ पुस । यूएईले हप्ताको दुई दिन सार्वजनिक बिदा दिन थालेको छ ।२०२२ को सुरुवात सँगै यूएई सरकारले शुक्रबार आधा दिन, शनिबार र आइतबार भने पूरा दिन बिदाको घोषणा गरेको हो ।

अब यूएईमा हप्तामा चार दिन पूरा र एक दिन आधा कार्य समय हुनेछ । सन् २०२२ को सुरुवातसँगै यूएईका सरकारी कार्यालय र स्कुलहरूमा यो नियम लागू भइसकेको छ । तर यूएईको सारजहाँ राज्यले भने शुक्रबार पनि पूरा दिन नै बिदा दिने निर्णय गरेको छ । सारजहाँमा यो नियम सरकारी कर्मचारी र विद्यार्थीहरूका लागि लागू हुने छ ।


अन्य राज्यमा भने शुक्रबार बिहान ७ बजेर ३० मिनेटमा कार्य समय सुरु हुने छ भने दिउँसो १२ बजे सकिने छ । यूएईका कतिपय निजी कम्पनीले भने शुक्रबार आधा दिनको बिदा नदिई शनिबार र आइतबार पूरा बिदा दिने गर्न थालेका छन् । कम्पनीहरूले मध्यदिनमा विश्रामको समय दिने र त्यो समयमा कामदारले प्रार्थना सहभागी हुन सक्ने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।