image
image

शुक्रबार एकैदिन ९६८ जनामा कोरोना पुष्टि

कामठाडौँ २३ पुस । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणबाट शुक्रबार एकैदिन ९६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट १४ हजार ९७१ जनाको नमूना परीक्षण गरिएको थियो। ८ हजार २७२ जनाको पीसीआर र ६ हजार ६९९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। 

मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट ५७२ र एन्टिजेन परीक्षणबाट ३९६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। विभिन्न सीमा नाका हुँदै भारतबाट नेपाल भित्रिनेको सीमा नाकामा एन्टिजेन परीक्षण गर्ने गरिन्छ। शुक्रबार थपिएका संक्रमितमध्ये अधिकांशजसो भारतबाट नेपाल भित्रिएका व्यक्ति रहेका मन्त्रालय स्रोतले जानकारी दिएको छ। 

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर कसैको मृत्यु भएको विवरण प्राप्त नभएको मन्त्रालयले जानकारी दिएको छ। हालसम्म कोरोना संक्रमणबाट देशभर मृत्यु हुनेको संख्या भने ११ हजार ६०२ पुगेको छ। 

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न ठाउँमा गरी २६२ जना संक्रम मुक्त (निको) भएका मन्त्रालयले जानकारी दिएको छ। देशभर हाल ५ हजार ७४१ जना सक्रिय संक्रमित रहेका जनाइएको छ। 

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।