नेपालमा थप २४ जनामा ओमिक्रोन पुष्टि
काठमाडौँ, २३, पुस । नेपालमा थप २४ जनामा कोरोनाको ओमिक्रोन भेरिएन्ट पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्राका अनुसार पुस महिनाभर संकलित जम्मा ११४६ पोजिटिभ नमुनाहरुको एस-जिन स्क्रिनिङ गर्दा २५० वटा नमुनाहरु (२२५) एस-जिन नेगेटिभ पत्ता लागेको छ ।
एस(जिन नेगेटिभ पत्ता लागेका २४ नमुनाहरुको जिन सिक्वेन्सिङ गर्दा सबै नमुनाहरुमा भेरिएन्ट पुष्टि भएको प्रवक्ता मिश्राले जानकारी दिएकी छिन् ।
मन्त्रालयले पुष ७ गते नेपालमा पहिलोपटक ओमिक्रोन पुष्टि भएको जनाएको थियो । यसअघि ३ जनामा ओमिक्रोन पुष्टि भइसकेको छ । यो सँगै नेपालमा २७ जनामा ओमिक्रोन भेरिएन्ट पुष्टि भएको छ ।
प्रवक्ता डा मिश्राले ओमिक्रोन भेरिएन्टले गर्दा हुन सक्ने अत्यधिक बिरामीहरूको चापलाई मध्यनजर गर्दै सबै अस्पतालहरुलाई तयारी अवस्थामा रहन र उपचारका लागि आवश्यक पर्ने अक्सिजन लगायत अन्य सामाग्रीहरुको पर्याप्त जोहो गर्न र स्वास्थ्यकर्मीहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको बताएकी छिन् ।