image
image

विश्वभर २५ लाख कोरोना संक्रमित थपिए

काठमाडौँ, २३, पुस। विश्वभर बिहीबार २५ लाख कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । त्यस्तै ६ हजार ८ सय भन्दा बढीको ज्यान गएको छ । सबैभन्दा बढी अमेरिकामा ७ लाख ५१ हजार ५१२ संक्रमित थपिएका छन् । २ हजार १९८ जनाको ज्यान गएको छ । 

फ्रान्समा २ लाख ६१ हजार ४८१ जना संक्रमित थपिँदा २०४ जनाको ज्यान गएको छ । इटालीमा २ लाख १९ हजार ४४१ जनालाई संक्रमण हुँदा १९८ जनाको ज्यान गएको छ । बेलायतमा १ लाख ७९ हजार ७५६ जना संक्रमित थपिँदा २३१ जनाको ज्यान गएको छ । 

भारतमा १ लाख १४ हजार ४८४ जना संक्रमित थपिँदा ३५ जनाको ज्यान गएको छ । अर्जेन्टिनामा १ लाख ९ हजार ६०८ जना संक्रमित थपिँदा ४० जनाले ज्यान गुमाएका छन् । 

टर्कीमा ६८ हजार ४१३ जना संक्रमित थपिँदा १५६ जनाको मृत्यु भएको छ । जर्मनीमा ५६ हजार ७८७ जना संक्रमित थपिँदा ३०५ जनाको ज्यान गएको छ । 

त्यस्तै रुसमा १५ हजार ३१६ जना संक्रमित थपिएकामा मृतक भने बढी नै छन् । जहाँ ८०२ जनाको ज्यान गएको छ । पोल्याण्डमा १६ हजार ५७६ संक्रमित थपिएकामा ६४६ जनाको ज्यान गएको छ । 

क्यानडामा ३९ हजार ७५२ जना संक्रमित थपिँदा ५७ जनाको ज्यान गएको छ । भियतनाममा १६ हजार ४७२ संक्रमित थपिँदा १६९ जनाको ज्यान गएको छ । 

ग्रीसमा ३३ हजार ७११ संक्रमित थपिँदा ७० जनाको ज्यान गएको छ । हंगेरीमा ६ हजार ४५४ जना संक्रमित थपिँदा ८० जनाको ज्यान गएको छ । 

मेक्सिकोमा २० हजार ६२६ संक्रमित थपिएकामा ९४ जनाको ज्यान जाँदा युक्रेनमा ६ हजार ६३२ संक्रमित थपिँदा १८७ जनाले ज्यान गुमाएका छन् । 

भियतनाममा १६९, फिलिपिन्समा ८१, बुल्गेरियामा ७२, दक्षिण कोरियामा ४९ जनाको ज्यान गएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।