image
image

रोकिएन कोरोना संक्रमित बढ्ने क्रम, आज उपत्यकामा यति धेरैमा संक्रमण पुष्टि

काठमाडौँ २२ पुस ।पछिल्लो दिनमा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अघिल्लो दिन ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा बिहीबार १०५ जना बढी अर्थात ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि मंगलबार देशभर ३९३ जनामा कोरोना सङ्क्रमण देखिएको थियो भने सोमबार सोमबार ३२६ र आइतबार २१६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । 


सोही अवधिमा १ जनाले ज्यान गुमाउँदा २७१ जना निको भएका छन् ।  मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ९९ वटा नमुना परीक्षण भएको थियो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ३० हजार ४८० र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९६ हजार ४४५ जना पुगेको छ।  संक्रमितमध्ये हालसम्म ८ लाख १३ हजार ४४७ जना निको भएका छन् । 


यस्तै हाल देशभर कोरोनाबाट ११ हजार ६०२ जनाको मृत्यु भएको छ।  थपिएका सङ्क्रमित मध्ये अधिकांश काठमाडौँ उपत्यकाका रहेका छन् । काठमाडौँ जिल्लामा मात्र पछिल्लो २४ घण्टामा २ सय २१ जना सङ्क्रमित थपिएका छन् । त्यस्तै, ललितपुरमा ५९ तथा भक्तपुरमा ३० जनामा सङ्क्रमण पुष्टि भएको छ । उपत्यकाबाहिर कास्कीमा १८ तथा सुनसरी जिल्लामा १६ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।