image
image

पोर्चुगल पठाइदिन्छु भन्दै ४० लाख ठगी गर्ने २ जना पक्राउ

काठमाडौँ २२ पुस । नेपाल प्रहरीले वर्किङ भिसामा पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा यूनिवर्ल्ड इन्टरनेशनल टुर एण्ड ट्राभल्स प्रालीका दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ट्राभल्सका सञ्चालक मैतिदेवी बस्दै आएका तथा वाग्लुङ गल्कोट घर भएका २८ वर्षीय अमृत सोती मगर र ललितपुर महानगरपालिका–२९ हरिसिद्धी बस्ने सर्लाही बागमती नगरपालिका–१ घर भएका व्यवस्थापक २४ वर्षीय समिर कार्की रहेका छन् ।उनीहरुले पिडितलाई वर्किङ भिसामा पोर्चुगल जान प्रति व्यक्ति १४ लाख रुपैयाँ लाग्छ र पोर्चुगल पुगेपछि होटल तथा कम्पनीमा काममा लगाईदिन्छु भन्ने आश्वासन दिएका थिए ।

यसका साथै मासिक १ लाख रुपैयाँ भन्दा बढी कमाई हुन्छ भन्दै विभिन्न ४ जना पीडितहरूबाट प्रतिव्यक्ति १० लाखका दरले ४० लाख रुपैयाँ लिई ठगी गरेको पाइएपछि महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।उनीहरूलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको महाशाखाले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।