image
image

भारतमा एकै दिन ९० हजार संक्रमित

काठमाडौँ २२ पुस । भारतमा कोभिड संक्रमण झनै तीव्र फैलिएकाे छ । पछिल्लो २४ घन्टामा ९० हजार ९२८ जनामा संक्रमण देखिएको छ । बुधबार ५८ हजारमा संक्रमण देखिएको थियो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै भारतमा कोभिड संक्रमितको संख्या दिनहुँ बढेको छ ।


भारतमा अहिलेसम्म २६३० जनामा ओमिक्रोन भेरियन्ट देखिएको छ । तीमध्ये सबैभन्दा बढी महाराष्ट्रमा देखिएका छन् । भारतका २६ राज्यहरुमा ओमिक्रोन फैलिएको छ । ओमिक्रोनका कारण राजस्थानमा एक ७३ वर्षीय बृद्धको मृत्यु भएको छ । उनले पूर्ण खोप लगाएका थिए ।

विज्ञहरुका अनुसार भारतमा दैनिक संक्रमण दर ६ दशमलव ४३ प्रतिशत छ । त्यस्तै, निको हुने दर पनि बढ्दो छ । पछिल्लो २४ घन्टामा १९ हजार २०६ जना संक्रमणमुक्त भएका छन् । मुम्बईमा दैनिक संक्रमितको संख्या अहिलेसम्मकै धेरै देखिएकाे छ । मुम्बईमा बुधबार १५ हजारमा संक्रमण देखिएको हो ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।