image
image

भारी तलबसहित फ्रान्सले नेपालबाट सुरक्षागार्ड लैजाने प्रस्ताव अघि सार्‍यो

काठमाडौँ, २२, पुस । युरोपेली देश फ्रान्सले नेपालबाट सुरक्षागार्ड लैजाने प्रस्ताव अघि सारेको छ । नेपालका लागि फ्रान्सका राजदूत गिल्स बुर्बाओले यस्तो प्रस्ताव लिएन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग छलफल गरेका छन् ।

मन्त्रालय स्रोतका अनुसार नेपालका लागि फ्रान्सका राजदूत गिल्स बुर्बाओले नेपाली नागरिकलाई फ्रान्सेली नागरिक सरह अधिकार दिएर सुरक्षागार्ड लगायतका कामदारका रुपमा लैजाने प्रस्ताव गरेका हुन् । साथै भाषागत रुपमा सिपालु र दक्ष कामदार लैजान समेत प्रस्ताव गरेको र सो सम्बन्धमा छलफल भइरहेको बुझिएको छ ।

फ्रान्सेली सरकारले यस्तो प्रस्ताव अघि बढाएपछि सरकारले पूर्व तयारीका कामहरु तथा कुटनीतिक पहल गर्न सुरु गरेको छ । प्रारम्भिक चरणमा बार्षिक तीन हजार जनासम्म नेपालीहरु फ्रान्स पठाउन सकिनेबारे छलफल भएको जनाइएको छ ।

नेपालबाट जाने श्रमिकहरुले मासिक तीन लाख रुपैयाँसम्म आम्दानी गर्ने विश्वास गरिएको छ । विश्वकै शक्तिशाली राष्ट्र फ्रान्समा कार्यरत सुरक्षा गार्डहरुले मासिक दुई लाख देखि तीन लाख रुपैयाँसम्म तलव सुविधा लिँदै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
50%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
50%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।