मुक्तिनाथ विकास बैंकले बाँड्यो न्यानो कपडा
काठमाडौँ, २१, पुस । मुक्तिनाथ विकास बैंकको पार्वतीपुर शाखाले विद्ययार्थीलाई न्याना कपडा वितरण गरेको छ । बैंकको १५ औं वार्षिकोत्सव अवसर पारेर शाखाले अन्नपूर्ण माध्यमिक विद्यालय पार्वतीपुरमा अध्ययनरत ४० विद्यार्थीलाई न्यानो कपडा (स्वीटर) वितरण गरेको हो ।
बैंकका शाखा प्रमुख सन्तोष तिवारीले सामाजिक उत्तरदायित्वअन्तर्गत कक्षा ३ सम्मका विद्यार्थीलाई न्यानो कपडा सहयोग गरिएको गरिएको बताए ।
विद्यालयका प्रधानाध्यापक बटुकलाल तामाङले बैंकले उपलब्ध गराएका न्यानो कपडाले जाडोका बेला विद्यार्थीलाई राहत मिल्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, अन्नपुर्ण बहुमुखी क्याम्पस प्रमुख, पार्वतीपुर बजार व्यवस्थापन समिति अध्यक्ष, इलाका प्रहरी कार्यालय पार्वतीपुरका प्रमुख, बैंकको उपक्षेत्रीय कार्यालयका अनुगमन अधिकृतलगायत सहभागी थिए ।