image
image

चिसोका कारण रौतहटका विद्यालय एक साताको लागि बन्द

काठमाडौँ, २१, पुस । अत्यधिक चिसोका कारण बालबालिकालाई विद्ययालय जान समस्या भएपछि रौतहटका समूदायिक विद्ययालय बन्द हुन थालेका छन् । विगत एक सातादेखि भइरहेको शीतलहरका कारण विद्ययालय आउने विद्ययार्थीको संख्यामा कमी हुन थालेपछि स्थानीय तहहरुले सूचना निकालेर धमाधम वद्ययालय बन्द गर्न थालेका हुन् । 

अहिलेसम्म रौतहटका ६ वटा नगरपालिकाले जाडो बिदा दिइसकेका छन् । कटहरिया, बौधीमाई, ईशनाथ, बृन्दावन, देवाही गोनाही र परोहा नगरपालिकाले सबै विद्ययालय बन्द गर्ने निर्णय गरेका हुन् । सोमबार वृन्दावन र कटहरिया नगरपालिकाले नगर क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको थियो।

अबको एकसाता विद्यालय बन्द गर्ने निर्णय भएको वृन्दावन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले जानकारी दिए।

यसअघि नै ईशनाथ र बौधीमाई नगरपालिकाले एक साताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेका थिए।कटहरिया नगरपालिकाले पनि पुस २५ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहले जानकारी दिए। 

चिसो बढेपछि पर्सा जिल्लाका पनि केही विद्यालय एक साताको लागि बन्द गरिएका छन्। तर, सर्लाही, महोत्तरी, धनुषासहितका जिल्लाका स्थानीय तहले भने विद्यालय बन्द गर्ने निर्णय गरेका छैनन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।