कोरोना सङ्क्रमण बढेपछि कुवेतमा बढाईयो सतर्कता
काठमाडौँ २० पुस। पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि कुवेत सरकारले थप कडाइ गरेको छ ।कोरोना सङ्क्रमण रोकथामका लागि सोमबार बसेको कुवेतको मन्त्रीपरिषद्को बैठकले ९ जनवरीदेखि २८ फेब्रुअरीसम्म सबै भित्री सामाजिक जमघटमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
कोरोनाबाट बच्न भौतिक दूरी कायम गर्न, भिडभाडमा नजाने र भिडभाड नगर्ने, मास्क तथा पन्जाको प्रयोग गर्ने, शारीरिक स्पर्श नहुने गरी अभिवादन गर्ने, साबुन पानीले पटक पटक हात धुने र सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएको खण्डमा रुघाखोकी, ज्वरोजस्ता कोरोनाका लक्षणहरू देखा परेमा नजिकैको स्वास्थ्य केन्द्र र अस्पतालमा तुरुन्तै सम्पर्क गर्न कुवेतमा रहेको नेपाली दूतावासले अनुरोध गरेको छ ।