आज पनि बढ्यो संक्रमित संख्या, यस्तो छ पछिल्लो विवरण
काठमाडौँ २० पुस। आज नेपालमा कोरोना भाइरसका ३ सय ९३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख २९ हजार ६ सय ३२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै, आज २ सय ६३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म आठ लाख १२ हजार ९ सय ३७ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा ९ हजार ३ सय २९ जनामा परिक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो ।
साथै कोरोना संक्रमणबाट आज थप तीन जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ६०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।