image
image

नेप्सेमा उच्च अंकको वृद्धि, पाँच कम्पनीको शेयरधनि मालामाल

काठमाडौँ २० पुस । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारका दोस्रो दिन आज मंगलबार उच्च अंकको बृद्धि भएको छ । आज नेप्से ६३.१ अंकले बढेर दुई हजार ६ सय ७९ दशमलब ९५ विन्दुमा पुगेको हो । सोमबार नेप्से ३२.०३ अंकले बढेर दुई हजार ६ सय १६ दशमलब ९४ विन्दुमा पुगेको थियो ।

त्यस्तै, कोरोबार रकममा सामान्य गिरावट भएको छ । आज ४ अर्ब ३२ करोड २ लाख बराबरको कारोबार भएको छ । सोमबार ४ अर्ब ५३ करोड ३० लाख बराबरको कारोबार भएको थियो ।


नेप्सेका अनुसार आज पाँच कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा श्री इन्भेष्टमेन्ट फाइनान्स, सप्तकोशी विकास बैंक, मध्यभोटेकोशी जलविद्युत कम्पनी, नेपाल एसबिआई बैंक र सिन्धु विकास बैंक रहेका छन् । यी कम्पनीको शेयरमूल्य आज सर्किट लेभलमा बढेका छन् ।    

त्यस्तै, आज धेरैजसो डिबेञ्चरको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नेपाल बङ्गलादेश बैंकको छ । यस कम्पनीको आज १४ करोड ७७ लाख भन्दा बढीको कारोबार भएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।