image
image

प्रभु बैंकको १२.६३ प्रतिशत लाभांश पारित

काठमाडौँ, २०, पुस । प्रभु बैंकको २० औँ वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ।

काठमाडौँको बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा सम्पन्न वार्षिक साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल १२.६३ प्रतिशत लाभांश पारित भएको हो। जसमा १२ प्रतिशत बोनस शेयर र ०.६३ प्रतिशत नगद लाभांश छन्। 

सभाले १२ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय पारित गरेपश्चात बैंकको चुक्तापुँजी रु. १२ अर्ब ७० करोड ८७ लाख ४ हजार १७५ रुपैयाँ पुगेको छ।  

देशका विभिन्न स्थानमा शाखारहित बैंकिङ सेवा, ६१ वटा एक्सटेन्सन काउन्टर कार्यालय, १८९ वटा एटीएम तथा २१५ वटा शाखा कार्यालयसहित देशभर फैलिएको बैंकिङ सञ्जालका माध्यमबाट १६ लाखभन्दा बढी ग्राहकलाई प्रत्यक्ष अत्याधुनिक प्रविधिसहितको गुणस्तरीय बैंकिङ सेवा प्रवाह गरिरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।