हिउँमा फसेका बाबुछोरा ६ दिनमा गाउँ फर्किए
काठमाडौँ, २०, पुस। ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङको लोदेनस्थित हिउँमा फसेका बाबुछोरा आज घर आइपुगेका छन् । हिमपात कम भएसँगै उनीहरु गाउँ फर्किएका हुन्।
५० वर्षीय लाक्पा टासी शेर्पा र उनका १५ वर्षीय छोरा पासाङ शेर्पागत बुधबारदेखि हिउँमा फसेको थिए । चौरी गोठ सार्ने क्रममा हिउँ पहिरो आएसँगै उनीहरु ओडार बसेका थिए । उद्धारका लागि गत शनिबार र आइतबार धेरै पटक अल्टिच्युट एयरको हेलिकप्टर गए पनि उनीहरु बसेको स्थान पहिचान गर्न नसकेपछि रित्तै फर्किएको थियो ।
हिउँमा फसेका बाबुछोराको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । समुद्री सतहबाट चार हजार मिटर उचाईमा अवस्थित पापङको लोनाक भन्ने ठाउँमा चौरी गोठ सार्ने क्रममा बाबुछोरा हिउँमा फसेका थिए ।