बिहानैबाट काठमाडौंमा हुस्सु–कुहिरो, उच्च तथा पहाडी भुभागमा हिमपातको सम्भावना
काठमाडौँ, २०, पुस । सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आज हल्का हिमपातको सम्भावना रहेको छ ।
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरुमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज काठमाडौंमा बिहान कुहिरो लागेको छ । बिहान ६ बजे चार हजार भिजिविलिटी रहेको छ । २५ सयभन्दा कम भिजिबिलिटी भयो भने जहाज उडान तथा अवतरणमा अवरोध हुने सम्भावना हुन्छ ।
काठमाडौंमा आज बिहान ५ डिग्री सेल्सियस तापक्रम रहेको छ । बिहान ६ बजे ५ डिग्री सेल्सियस तापक्रम मापन गरिएको र दिउँसो १६ देखि १८ डिग्रीसम्म पुग्ने मौसमविद् बरुण पौडेलले जानकारी दिए । उनका अनुसार काठमाडौंको मौसम आज बदली हुनेछ ।