image

वैदेशिक रोजगारमा जानेलाई दुःख दिए कारबाही गर्छु : मन्त्री आले

वैदेशिक रोजगारमा जानेलाई दुःख दिए कारबाही गर्छु : मन्त्री आले

काठमाडौँ १९ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री प्रेमबहादुर आलेले वैदेशिक रोजगारीका लागि विदेशमा जाने श्रमिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनावश्यक दुःख दिनेलाई कारबाही गरिने बताएका छन् । एकीकृत वैदेशिक रोजगार व्यवसायी सङ्गठन नेपालको ज्ञापनपत्र ग्रहण गर्दै आज मन्त्री आले उनले भने, “वैदेशिक रोजगारीमा जाने गरिब नागरिकलाई सबैले सम्मान गर्नुपर्छ, दुःख दिने नियतले काम कुरा गर्नु गलत हो ।” सङ्गठनले वैदेशिक रोजगारका लागि विदेश जाने श्रमिकहरूलाई विमानस्थलमा दुःख दिने गरेको जानकारी गराएका थिए । 



मन्त्री आलेले वैदेशिक रोजगारमा जाने नागरिककै कारण देशमा रेमिट्यान्स भित्रिएको र सोझा, सिधा नागरिकलाई अनेकन बहानामा दुःख दिनु गलत भएको बताए । आफू मन्त्री भएपछि वैदेशिक रोजगारमा जाने श्रमिकहरूका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विश्रामस्थल, खानेपानी र निःशुल्क वाइफाईको व्यवस्था गरेकाले आफू श्रमिकहरूका पक्षमा सधैँ सकारात्मक रहेको समेत मन्त्री आलेले जानकारी गराए ।


मन्त्री आलेकै निर्देशनमा नेपाल वायुसेवा निगमले दैनिक ४० जना वैदेशिक रोजगारमा जाने श्रमिकलाई सस्तो दरको टिकट प्रदान गर्दै आएको छ । सो सङ्गठनका अध्यक्ष सन्तकुमार लामाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारका लागि जाने श्रमिकहरूसँग आवश्यक कागजपत्र हुँदाहुँदै पनि विभिन्न बहाना देखाई कागजपत्र नपुगेको भन्दै त्यहाँ कार्यरत कर्मचारीहरूले दुःख दिने गरेको गुनासो गरेका थिए । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
Wiywzk

viagra next day delivery - <a href="https://bestusasild.com/">buy sildenafil 50mg pill</a> rx pharmacy online viagra

Qfdvvy

order rhinocort pills - <a href="https://tadalafde.com/">tadalafil brand</a> antabuse canada

Rdryay

buy fildena without prescription - <a href="https://stromectolx.store/">buy ivermectin canada</a> stromectol australia

प्रतिक्रिया दिनुहोस्

तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

सम्बन्धित समाचार

यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।