मकरमेलाको अवसरमा स्वीकृति बिना सहयोग संकलन जस्ता कार्य नगर्न नगरपालिकाको आग्रह
काठमाडौँ १९ पुस । काभ्रे जिल्लाको पनौती नगरपालिकाले मकरमेलाको अवसरमा कुनै धार्मिक अन्य संघ संस्थाले धार्मिक अनुष्ठान, सहयोग संकलन गर्ने कार्य स्वीकृति नलिर्ई नगर्न नगराउन आग्रह गरेको छ ।
नगरपालिकाले मेलाको अवसर पारि गरिने कतिपय धार्मिक अनुष्ठानका कार्यक्रम नगरपालिकको स्वीकृति सहमति नलिई स्थान निर्धारण गर्ने। सहयोग समेत संकलन गर्ने उद्देश्य राखिएको सूचना प्राप्त हुन आएको हुदाँ एक विज्ञप्ति जारी गर्दै उक्त कुरा प्रति ध्यानाकर्षण गराएको हो ।
यस्तै, सूचनाको अवज्ञा हुने गरी संचालन भएको अवस्थामा अनुगमनका क्रममा सोही प्रक्रिया सम्मत बनाउने जोर जबरजस्ति भएमा कार्यक्रम संचालनमा नियन्त्रण समेत गर्न कुरा नगर जनाएको छ ।
१२ वर्षे मकर मेला हरेक १२ वर्षको अवधीमा पनौती नगरपालिकाको त्रिवेणीघाट क्षेत्रमा माघ महिनाभर हुने गर्दछ